• २०८१ मङ्सिर २४ गते सोमवार

जुम्लामा कालाेबजारी र म्याद गुज्रिएका खाद्यबस्तु बिक्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ९, जुम्ला। जुम्लाका व्यवसायीले मूल्य सूची नराखी सामान बेच्ने गरेका छन् । जस कारण पसलैपिच्छे उपभोग्य बस्तुको मूल्य फरक फरक भएको पाइएको छ । होटल तथा पसल करदाता सेवा कार्यालयमा दर्ताविना नै सञ्चालनमा रहेका भेटिएका छन् ।

साथै मिति नाघेको उपभोग्य बस्तु खुलेआम किनबेच भइरहँदा पनि स्थानीय सरकार र प्रशासनकाे ध्यान जान सकेकाे छैन । खुलेआम व्यापारीहरूले कालाेबजारी र म्याद गुज्रिएकाे सामान बेच्ने गरेकाे भन्दै प्रशासनकाे कडा आलाेचना भएपछि बल्ल बजार अनुगमन गरिएकाे छ ।सदरमुकाम खलंगाका ठूला व्यापारीले मिति सकिएको अखाद्य बस्तु गाउँका बजार र पसलमा पठाउने गरेको भेटिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । उनका अनुसार अधिकांश पसल दर्ता नभएको भेटिएको छ । दर्ता नभएका पसलबाट नै अखाद्य बस्तु बिक्री भइरहेकाले स्थानीय सरकारले पनि कडाइका साथ बजार अनुगमन गर्नु पर्नेमा उनले बताइन् । बजार अनुगमन समितिले पातारासी गाउँपालिकाका मुख्य बजारमा अनुगमन गर्दा स्टिम नुडल्स, चिसाेपेय पदार्थसहित बस्तुकाे म्याद सकिएको भेटिएको थियो ।

जुम्लाका व्यापारी व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा. ईश्वरी सुवेदील बताए । हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति भए पनि काम गर्न सकिरहेको छैन । पसलमा ढकतराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्री वितरण गरेको भेटिएको खाद्य अनुसन्धान अधिकृत डा.सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस