• २०८१ असोज २९ गते मङ्गलवार

उत्तर भारतमा सडक दुर्घटनामा ११ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, नयाँ दिल्ली । उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो ।

गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। पीडितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको थियो।

“उद्धार कार्य अझै जारी छ। एघार जनाको शव निकालिएको छ । दुईजना घाइतेको अवस्था गम्भीर छ र तिनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस