• २०७९ असोज ९ गते आइतवार

उपत्यकामा एकैदिन १४ सयभन्दा बढी सवारी चालकमाथि कारवाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०,काठमाडौं । ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकामा एक हजार ४०६ जना सवारी चालकमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४५ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५९ जना रहेका छन् । रातो बत्तीको उल्लङ्घन गर्ने ३८ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकलाई पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस