• २०८१ असोज २२ गते मङ्गलवार

गणेश भगवानको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

वि.सं. २०७८ फाल्गुन १० गते मङ्गलवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी २२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), नेपालमा सूर्योदय : बिहान ०६:३८ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, फाल्गुन कृष्णपक्षको षष्ठी तिथि, साँझ ०५:५७ बजेसम्म, त्यसपछि सप्तमी तिथि, स्वाती नक्षत्र, दिउँसो ०३:१७ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा केही समय खर्च हुनसक्छ । रूपसौन्दर्य, साजसज्जा र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य/अभिनय वा कला र साहित्यका विषयमा रूचि जाग्ने समय हो । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ, तर याद गर्नुस्, आजको मिहिनेतको परिणाम स्मरणीय हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काम गर्दा गल्ती हुन्छ कि भनी सचेतता अपनाउनु होला, मनमा उत्पन्न शङ्का तथा डरका कारण बनिसकेको काममा पनि दुबिधा उत्पन्न हुनसक्छ । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । कुनै कुराले गर्दा मनमा दोधारेपन हुनसक्छ, त्यस्तै पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति तपाईंलाई चित्त नबुझ्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सन्तान वा भाइबहिनीका लागि थप लगानी बढाउने परिस्थिति छ, उता बुद्धि र विवेकको सही परिचालन हुन सक्दैन र कार्यक्षेत्रमा खप्की खानुपर्ने हुन्छ । व्यापारमा परिवर्तन गर्ने वा नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारिवारिक रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाति हुन्छ । निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा समेत चिन्तन गर्ने समय छ । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर चल्नु ठीक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । सञ्चार माध्यमबाट उत्साहमा प्रेरणा प्राप्त हुने समाचार सुन्न पाइने छ । व्यापार र लेनदेनको कारोबारबाट राम्रै फाइदा हुनेछ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
घमण्ड र अभिमानले शरीरमा डेरा जमाउने समय हो । गलत तरिका अपनाउँदा केही धनलाभ पनि हुनसक्छ, तर आज कुभावना र अन्याय गर्नबाट जोगिएको जाति हुन्छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समस्या र चुनौतीलाई चिर्दै अघि बढ्ने समय हो, मानसिक संवेग, रिस र आवेगमा बृद्धि हुने भएकाले कार्यक्षेत्रमा संयमताका साथमा अघि बढ्नुपर्ने हुन्छ । प्रतिस्पर्द्धीहरू पछि पर्नेछन्, दायित्वमा लगनशील बन्नसकेमा फाइदा हुनेछ, मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने छ । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कारोबारमा राम्रै फड्को मार्ने समय छ, थोरै प्रयास गर्दासमेत राम्रो उपलब्धि हात पर्नसक्छ । लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढी रहने समय हो । तालसाँचो बलियो बनाउनु होला । सानो भुलचुकमा समेत मालसामान हराउने सङ्केत छ, त्यस्तै अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा सजग रहनु पर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पारिवारिक वातावरण सुखमय नै रहने छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने र भविष्यमा कलहको परिस्थिति खडा हुने दिन हो । क्यारियरको सोच पलाउने समय छ, कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । व्यक्तित्व विकासको प्रयास सफल हुनेछ । आज सञ्चित रकम जग्गाजमिन वा कुनै स्थिर सम्पत्तिको प्रयोजनमा खर्च गर्ने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुन्छ । व्यर्थका कुराकानीमा समय व्यतीत गर्न मन पर्नेछ । मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आम्दानीको मार्गमा नयाँ किरण देखापर्ने दिन हो । कर्मप्रतिको समर्पणभाव बढाउनुस्, भाग्यबृद्धि हुनेछ । आपसी सम्बन्ध भावी जीवनका लागि सुखद बन्ने सङ्केत छ, वैवाहिक जीवनमा रूपान्तरित हुन योजना बनाउने समय हो । शत्रु वा प्रतिद्वन्द्वीको चाकरी गरेर आफ्ना स्वार्थ पूरा गर्नुपर्ने बाध्यता देखिन्छ । आज कारणवश लुक्नुपर्ने वा मोबाइल स्वीचअफ गर्ने परिस्थिति सिर्जना हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
चिन्ता, शङ्का र डर सल्बलाउने समय छ, सकेसम्म रिस र अहङ्कारलाई दबाउनु होला । दिक्क लागेको छ भने बरु विश्वस्त व्यक्तिसामु मनको बह फुकाएको ठीक हुन्छ । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अत: टुप्पी कसेर मिहिनेत गर्ने समय छ, लापरवाही नगर्नुहोला । कुनै अप्ठ्यारो र झञ्झटिलो काम छ वा ठूलै धनरकम लगानी गर्ने परिस्थिति छ भने धैर्य र संयम भई त्यसका कमजोरीका बारेमा चिन्तन गर्ने दिन हो ।

प्रतिक्रिया दिनुहोस