• २०८१ फाल्गुन ७ गते बुधवार

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, सुनसरी । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति पक्राउ गरेको हो ।

लालुले आफ्नै श्रीमतीलाई तरवार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भोक्राहा, ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस