• २०८१ असोज २२ गते मङ्गलवार

आजपनि सर्वदलीय बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौँ । चुनावलगायत विभिन्न विषयमा छलफल गर्न शनिबार बस्ने भनिएको सर्वदलीय बैठक स्थगित भएको छ।  बालुवाटारमा शुक्रबार सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकले चुनाव र संसद सुचारूलगायत विषयमा सर्वदलीय छलफल गर्ने निर्णय गरेको थियो।

सो निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको तयारी गरेका थिए । सत्तारुढ गठबन्धनमा तीनै तहको चुनाव एकैपटक गर्ने विषयमा पनि शुक्रबार छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो, ‘हिजो राजनीतिक समन्वय समिति बैठकले सर्वदलीय बैठक गर्ने निर्णय गरेको थियो, भोलिसम्म बैठक बस्ला । आज बैठक बस्दैन ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पहिले स्थानीय तहको चुनाव हुनुपर्ने बताइरहेको छ । जेठ भन्दापछि स्थानीय तह चुनाव धकल्ने प्रयास एमालेले स्वीकार नगर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस