• २०८१ फाल्गुन ७ गते बुधवार

भक्तपुर-२ मा मतगणना रोकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं ।  भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।

अहिले दलहरुबीच छलफल भैरहेको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको थियो ।

भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत र जनता समाजवादीका दिलबहादुर तामाङ चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस