मंसिर ५, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । गणना भएको मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली ३७५ मतसहित अग्रस्थानमा छन् ।
पराजुलीलाई एमाले उम्मेदवार श्याम घिमिरेले २०६ मतसहित पछ्याइरहेका छन् । माओवादी केन्द्रकी मानुषी यमी १९० मतसहित तेस्रोमा छिन् ।
स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १४२ मत पाएका छन् ।