यो मन तिम्रो यादमा सधै डुबिरहन्छ
हरपल यो मनले तिमिलाई सम्झिरहन्छ
कतै हावा चलि यो मन उडाउछ कि
विश्वास दिलाउन एकपल्ट भेट गरौ कि
हास्न त हासेको थिए तिम्रो मुस्कान देखि
कालो लामो केश मेरा यि हातहरुले समाति
हिमालको हिउ हेरेर भएपनि यो मन खुसि हुन्छ
सबैको मन खुसि रहोस भगवान सँग प्राथना छ
यो मनले सधै भरि माया गरिरहनेछ
यो मेरो मनले उनलाई सम्झिरहन्छ
म जहाँ गए पनि यो मनमा उनि हुन्छौ
मन देखि खुसि भएर म सँग रमाउछौ
ठेगाना- दिपायल सिलगढी न.पा.२ दिपायल डोटी