• २०८१ चैत्र १ गते शनिवार

मंसिर ४ देशलाई निरंकुशताको भुमरीमा धकेल्ने र अग्रगमनकारीबीचको लडाईँ : प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् ।

शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

‘मंसिर ४ गते देशमा अराजकता निम्त्याउने, देशलाई निरंकुशताको भुमरीमा धकेल्ने शक्ति र अग्रगमनकारी बीचको लडाई भएकाले दुईवटा गठबन्धनबीच ब्याटल हुने र त्यसको ब्याटल हामीहरुले जित्नेछौँ ।’ प्रचण्डले भने । उनले गम्भीरतापूर्वक विचार गर्न र जनतालाई राम्रोसँग बुझाउन गठबन्धनका नेता कार्यकर्ताहरुलाई आह्वानसमेत गरे ।

प्रतिक्रिया दिनुहोस