• २०८१ चैत्र ३ गते सोमवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ४, काठमाडौं ।  नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस