• २०८१ जेष्ठ ३१ गते बिहिवार

गर्भवती महिलालाई मासिक एक हजार दिने तयारी गर्दै छथर गाउँपालिका

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौं ५, तेह्रथुम ।  छथर जोरपाटी गाउँपालिका धनकुटाले गर्भवती महिलालाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको छ । गाउँपालिकाले आर्थीक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गर्दै गर्भवती महिलालाई मासिक एक हजार दिन लागेकाे जनाएको छ । गर्भवती भएको महिलाले आठ पटकसम्म गर्भ जाँच गरेपछि एकमुष्ट नाै हजार रुपैयाँ प्रदान दिने तयारी भइरहेकाे गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।

आर्थिक रुपमा कमजाेर गर्भवतीलाई राहात हाेस भन्ने उदेश्यले यो कार्यक्रम अघि सारेको अध्यक्ष सुब्बाको भनाइ छ । यो कार्यक्रमले गाउँका दुर्गम क्षेत्र र आर्थिक रुपमा विपन्न परिवारका महिलालाई राहात मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस