• २०८१ बैशाख १६ गते आइतवार

भलिबल संघको पूर्ण बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को आठौं पूर्ण बैठक सुरु भएको छ । भक्तपुरको दरबार स्क्वायरको ख्वापा चेन रेस्टुरेन्टमा बैठक सुरु भएको हो । संघको केन्द्रिय चुनावको मिति तय गर्नका लागि बसिएको बैठकमा संघका पदाधिकारी, जिल्ला तथा प्रदेशका संघका अध्यक्षको उपस्थिति रहेको छ ।

वर्तमान कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघको निर्वाचन हुन सकेको थिएन ।

आजको बैठकले निर्वाचन गर्ने मिति तय गर्ने, बाग्मती प्रदेशको निर्वाचनमा देखिएको विवादको समाधान, राष्ट्रिय महिला तथा पुरुष एनभिए च्याम्पियनसिपमा भएको विवादको बारेमा पनि छलफल गरेर निष्कर्ष निकालिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस