• २०८१ चैत्र १० गते सोमवार

उपमेयर सुनिता डंगोल नामकाे नक्कली परिचय खडा गरी समाजिक सञ्जालकाे दुरुपयाेग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, काठमाडौं ।  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नामकाे नक्कली परिचय खडा गरी समाजिक सञ्जालकाे दुरुपयाेग भइरहेकाे खुल्न आएकाे छ ।

निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचारसंहिता र आचरणको पालना गरिहरको भन्दै उपमेयर डंगोलले आफ्नो नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग भइरहेको बताएकाे छ।

उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्ने कुरामा आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने समेत बताए ।

आयोगलाई एक पत्र लेख्दै डंगोलले आयोगबाट भइरहेको काम कारबाहीबारे जानकार रहेको भन्दै उपप्रमुखको हैसियतले गर्नुपर्ने आचारसंहिताको परिपालना, समन्वय र सहयोगका लागि समेत संवेदनशील रहेको बताएकाे हाे ।

प्रतिक्रिया दिनुहोस