• २०८१ फाल्गुन ७ गते बुधवार

बेलायती प्रधानमन्त्री ट्रसद्वारा राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं ।  बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । जिम्मेवारी सम्हालेको ४५ दिनमै उनले पदबाट राजीनामा दिएकी हुन् । तर, नयाँ प्रधानमन्त्री नचुनिएसम्म सरकारको नेतृत्व उनी आफैँले सम्हाल्नेछिन् ।

नेपाली समयअनुसार बिहीबार साँझ उनले डाउन स्ट्रिट बाहिर एक विज्ञप्तिमार्फत् कन्जरभेटिव पार्टीको नेता र प्रधानमन्त्रीबाट राजीनामा दिएकी हुन् । उनले अर्को हप्ताभित्र पार्टीको नयाँ नेतृत्व चयन भइसक्ने बताएकी छन् ।

असफल बजेट र अस्थिर अर्थतन्त्रलाई व्यवस्थापन गर्न नसकेको भन्दै उनकै पार्टीबाट उनको कडा आलोचना भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस