चैत ६, काठमाडौं । विश्वमा गत हप्ता अघिल्लो हप्ताको तुलनामा पाँच प्रतिशतले कोरोना संक्रमित बढेको पाइएको छ । वल्र्डोमिटर डट इन्फोको तथ्यांक अनुसार पछिल्लो हप्ताको तुलनमा यो हप्ता संक्रमणदर पाँच प्रतिशतले बढेको हो ।
यो हप्ता विश्वमा एक करोड १७ लाख दुई हजार ७१३ जना कोरोना भाइरसबाट संक्रमित थपिएका छन् । जुन गत हप्ता एक करोड ११ लाख ५० हजार १४० जना संक्रमित थपिएको वल्र्डोमिटरको तथ्यांकमा उल्लेख गरिएको छ।
त्यस्तै वल्र्डोमिटरको तथ्यांक अनुसार एक हप्तामा १९ प्रतिशतले संक्रमितको मुत्युदर घटेको छ । पछिल्लो हप्ता ४६ हजार ६०९ जनाको मुत्युभएको थियो । यो हप्ता ३७ हजार ७३५ जना संक्रमितको मुत्यु भएको छ ।
दक्षिण कोरीयामा गत हप्ताको तुलनमा यो हप्ता ४७ प्रतिशतले संक्रमित बढेको वल्र्डोमिटर तथ्यांकले देखाएको छ । गत हप्ता १८ लाख ४८ हजार १६२ जना संक्रमित थपिएका थिए । यो हप्ता २७ लाख १० हजार ९४२ जना संक्रमित थपिएका छन् ।
जर्मनीमा गत हप्ताको तुलनमा यो हप्ता १९ प्रतिशतले संक्रमित बढेको वल्र्डोमिटरको तथ्यांकमा उल्लेख गरिएको छ । गत हप्ता १२ लाख ६१ हजार ९८ जना संक्रमित थपिएका थिए । यो हप्तामा १६ लाख तीन हजार ९१९ जना संक्रमित थपिएका छन् ।
वल्र्डोमिटरका भियतनाममा अनुसार पछिल्लो हप्तामा तुलनमा यो हप्ता पाँच प्रतिशतले संक्रमित बढेका छन् । गत हप्ता १२ लाख दुई हजार चार जना संक्रमित थपिएका थिए । त्यस्तै यो हप्ता भने १२ लाख ५८ हजार ९१३ जना संक्रमित थपिएका छन् ।
फ्रान्समामा गत हप्ताको तुलनमा ३५ प्रतिशतले संक्रमितदर बढेका छन् । गत हप्ता चार लाख आठ हजार ३४९ जनामा कोरोना पुष्टि भएको थियो ।त्यस्तै यो हप्ता पाँच लाख ५१ हजार ३१४ जनामा कोरोना पुष्टि भएको छ ।
युक्रेनमा गत हप्ताको तुलनमा यो हप्ता ३१ प्रतिशतले संक्रमितको संख्या बढेको छ । गत हप्ता तीन लाख ८३ हजार ९९३ जना संक्रमित थपिएका थिए । त्यस्तै यो हप्ता पाँच लाख चार हजार ७७४ जना संक्रमित थपिएका थिए ।
इटलीमा ४१ प्रतिशतले संक्रमित थपिएका छन् । गत हप्ता तीन लाख चार हजार ५६८ जना संक्रमित थपिएका थिए । भने यो हप्ता चार लाख ३० हजार ५०२ जना संक्रमित थपिएका छन् ।
त्यस्तै चीनमा गत हप्ता दुई हजार ४२१ जनामा कोरोना पुष्टि भएको थियो भने यो हप्ता ११ जहार ३८८ जना संक्रमित थपिएका छन् । नेपालमा गत हप्ताको तुलनमा संक्रमितको संख्या ३८ प्रतिशतले घटेको छ । गत हप्ता ५१७ जनामा कोरोना पुष्टि भएको थियो । यो हप्ता भने ३२१ ज्नामा कोरोना पुष्टि भएको छ ।
वल्र्डोमिटरको तथ्यांक अनुसार विश्वमा संक्रतिको संख्या ४६ करोड ६६ लाख ३८ हजार १२९ पुगेको छ । जसमध्ये ६० लाख ८८ हजार ८४९ जनाको मुत्यु भएको छ भने ३९ करोड ८३ लाख २३ हजार ६९० जना संक्रमित संक्रमणमुक्त भएका छन् ।