• २०८१ बैशाख ६ गते बिहिवार

दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि कर्फ्यू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, किभ । दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् ।

गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्यांक, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी अर्थपूर्ण वार्ता गर्न आह्वान गर्न गरिरहेका बेला रुसी सेनाले तीव्र हमला गरिरहेको छ । २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन् भने २५ लाख विस्थापित भएका छन् ।

यसैबीच, रुसी सेना युक्रेनको हमलामा परेको मारिओपोलमा ८० प्रतिशत संरचना ध्वस्त भएका छन् । सो सहरमा अहिले पनि लडाइँ भइरहेको छ । सहरमा युद्धको असर नदेखिने एउटा पनि ठाउँ नरहेको सो सहरका मेयरले बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस