• २०८१ चैत्र १३ गते बिहिवार

दोस्रो पटक यौन सम्पर्क गर्न नमानेपछि देवरद्धारा भाउजुको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, कपिलवस्तु । यौन सम्पर्क गर्न नदिएपछि देवरले भाउजुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बाणगंगा नगरपालिका १० सोनपुरकी एकल महिला यशोधा लोनियाको हत्याको आरोपमा उनकै देवरलाई पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार यशोधाका देवर वर्ष ४० वर्षिय शम्भु लोनियाले माघ १० गते राति भाउजुको हत्या गरेका हुन । मादक पदार्थ सेवन गरेको विषयमा शम्भु र पत्नी बिच विवाद भएपछि श्रीमती माइती गएकी थिइन् । श्रीमती माइत गएपछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेका थिए ।

देवर भाउजु बिच सहमतीमा यौन सम्पर्क भएको र दोस्रो पटक यौन सम्पर्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँटी थिचेर हत्या गरेको स्विकार गरेका हुन घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको – नाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस