फागुन ११, बर्दिया । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ जमुनिया बस्ने ४० वर्षीय रामदिन थारुलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
थारुले ती महिलालाई उनकै घरकोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।