• २०८१ असोज २२ गते मङ्गलवार

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८ दाङ। दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो ।

उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये १५ इँटा उद्योगमा गरिएको अध्ययनानुसार १८० बालक, १६८ बालिका रहेको बेस संस्थाका कार्यक्रम अधिकृत पिङ्की चौधरीले जानकारी दिनुभयो । “हामीले उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन गर्यौ, सुक्ष्मरूपमा त्यहाँको अवस्था पनि हेर्यौ, त्यहाँ धेरै बालबालिका श्रमिक रहेको पाइएको हो”, उहाँले भन्नुभयो ।अहिले इँटा उद्योगमा बालश्रमिक राखेको तथ्याङ्क सार्वजनिक गरेर उनीहरुलाई उद्धार गर्न सङ्घसंस्थाले चासो देखाएका छन् । उपमहानगरपालिकाले उद्योगमा बालश्रमिक राख्न नपाउने नीति–निर्माण भइसकेको र कार्यान्वयनको चरणमा रहेको सामाजिक विकास समिति संयोजक कुमार लामिछानेले जानकारी दिनुभयो ।

अहिले इँटा उद्योगमा काम गर्ने बालबालिकाहरू नभई आश्रित परिवारका रहेको दाङ देउखुरी इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस