• २०७९ असोज ९ गते आइतवार

राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीको बैठक : भदौ २५ गते प्रदेश अधिवेशन हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, काठमाडौं। राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेश आयोजक कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । शुक्रबार काठमाडौँमा बसेको उक्त बैठकले भदौ २५ गते भक्तपुरमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकमा संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, उपाध्यक्ष पुष्पराज श्रेष्ठ, उपाध्यक्ष कृष्णहरि केसी, महासचिव क्षितिज थेबे र प्रवक्ता महाराज गुरुङको विशेष अतिथ्यता रहेको थियो ।
बैठकले यही भदौ ११ गतेभित्र राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश अन्तर्गत सबै जिल्ला कमिटीको बैठक गर्ने र कमिटीलाई पूर्णता दिने निर्णयसमेत गरेको छ । साथै भदौको २१ भित्र सबै स्थानीय तहको भेला तथा अधिवेशन सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । आगामी मंसिरमा हुन लागेको प्रदेश र संघको निर्वाचनअघि नै बागमतीका सबै कमिटी चुस्त बनाउनेसमेत संगठनले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस