• २०८० चैत्र १६ गते शुक्रवार

आज थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २४६ तथा एन्टिजेन विधिबाट ३७७ जनामा गरी ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस