• २०८१ चैत्र १० गते सोमवार

जनकपुरधामका उपमेयर साहमाथि मुक्का प्रहार

पढ्न लाग्ने समय : १ मिनेट

असार ५, धनुषा । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि मुक्का प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित लादोबेलामा अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै वडाअध्यक्ष राघवेन्द्र साहको अगुवाइमा ज्ञापनपत्र बुझाउन आएको समूहले उपमेयर साहमाथि मुक्का प्रहार गरेको हो ।

स्थानीय समाजसेवी एवम् दाताहरुले आइतबार दिउँसो उपमहानगरका मेयर मनोजकुमार साहलाई रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता बेचबिखन हुन थालेको भन्दै अतिक्रमण रोक्न माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका थिए । मेयरलाई कार्यालयमा नभेटेपछि उनीहरुले उपमेयर किशोरी साहलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझेर उपप्रमुख किशोरी साहले कार्यालयको प्राङ्गणमा स्थानीयवासीलाई आश्वासन दिइरहेको समयमा उनीमाथि प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन । उपमेयर साहमाथि आक्रमण हुन थालेपछि प्रहरीले उनलाई सुरक्षा दिएर कार्यकक्षमा लगेका थिए ।

प्रतिक्रिया दिनुहोस