• २०८० फाल्गुन १२ गते शनिवार

रुपन्देहीको मायादेवीमा चौधरी पुनः निर्वाचित, उपाध्यक्षमा लोसपाकी उपाध्याय

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ५, भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका ध्रुवनारायण चौधरी पुन निर्वाचित भएका छन् । चौधरी ५ हजार ३ सय ८६ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे ।चौधरी यसअघि २०७४ मा पनि कांग्रेसबाटै अध्यक्ष निर्वाचित भएका थिए ।

उपाध्यक्षमा लोसपाकी नर्वदादेवी उपाध्याय ४ हजार ९ सय ४२ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरिन् ।
मायादेवी १ मा एमालेका पलटु लोध ७ सय २२ मत ल्याएर विजयी भएका छन् । २ मा कांग्रेसका अगनु यादव ८ सय १७ मत ल्याइ विजयी भएका छन् ३ मा कांग्रेसकै मुहम्मद रफिक खान ९ सय ७७ मत ल्याइ विजयी भए । ४ मा एमालेका अरुणकुमार तिवारी ५ सय ५१ मत ल्याइ विजयी भए भने ५ मा कांग्रेसका तेजनारायण पाल ७ सय २ मत प्राप्त गरि विजयी हुन सफल भए ।

६ मा लोसपाका अवधराज यादव ८ सय ९५ मत ल्याइ विजयी भए । ७ मा लोसपाका शैलेन्द्रकुमार पाण्डेले १ हजार ३ सय ४९ मत प्राप्त गरी निर्वाचित भए । ८ मा एमालेका चोकबहादुर मगर ७ सय ४२ मत ल्याएर विजयी भए ।

प्रतिक्रिया दिनुहोस