चैत ५, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा ११ जनालाई नियन्त्रणमा लिएको छ । जर्वजस्ती रंग र लोला हान्ने अत्यधिक मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका ११ जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।
त्यसैगरी उक्त उत्सृंखल कार्यमा प्रयोग भएका ७ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाड पर्वलाई मर्यादित बनाउने प्रहरीको बिशेष अभियान अन्तरगत भएको निगरानीमा विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको प्रहरीको दाङ प्रहरी प्रमुख एसपी काफ्ले बताएका छ्न ।