• २०८१ जेष्ठ ३१ गते बिहिवार

आइतबार हुने संसद बैठकको कार्यसूचीमा पनि अटाएन एमसीसी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्नेगरी संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको छ ।

जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन ।

प्रतिक्रिया दिनुहोस