पुष ३, काठमाडौं । विश्वकप फुटबलको फाइनल रोमाञ्चक बनेको छ । पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाविरुद्ध फ्रान्सका किलियन एम्बापेले एक मिनेट फरकमा दुई गोल फर्काएका छन् ।
एम्बापेले ८० र ८१ औं मिनेटमा दुई गोल फर्काए । जारी विश्वकपमा उनको यो साताैं गोल हो ।
खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले पेनाल्टीमा गोल गरेर अग्रता लिएका थिए । जारी विश्वकपमा उनको यो छैटौं गोल हो । ३६ औं मिनेटमा अर्जेन्टिनाको एन्जेल डी मारियाले अर्को गोल थपेका थिए ।