• २०८१ साउन ३ गते बिहिवार

टुकुचामाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं ।  उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। तर, जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सले त्यसविरुद्ध अदालत रिट दायर गरेका थिए । असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस