• २०८१ माघ २ गते बुधवार

डेङ्गु संक्रमितको संख्या १५ हजार ४ सय पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं ।  यो वर्ष नेपालमा डेङ्गु संक्रमितको संख्या १५ हजार ४२३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको शुक्रबार (सेप्टेम्बर १६)सम्म सो संख्यामा संक्रमित भएका हुन् ।

महाशाखाका अनुसार डेङ्गु का कारण यो वर्ष १६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । यो अवधिमा सबैभन्दा धेरै काठमाडौँमा चार हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, ललितपुरमा चार हजार ३१२, भक्तपुरमा ६३८, मकवानपुरमा एक हजार ४९३, दाङमा ८४२, रुपन्देहीमा ६४६, चितवनमा ३७० जनामा संक्रमण पुष्टि भएको छ । अरू जिल्लामा संक्रमितको संख्या १०० देखि २०० सम्म रहेको महाशाखाको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस