• २०८१ मङ्सिर २४ गते सोमवार

मुग्लिन–नारायणगढ सडकखण्डको चारकिलोमा सुख्खा पहिरो जाँदा राजमार्ग अवरुद्ध

पढ्न लाग्ने समय : १ मिनेट

असार ४, चितवन। मुग्लिन नारायणगढ सडकखण्डको चारकिलोमा सुख्खा पहिरो खसेपछि बिहान ११ः३० देखि राजमार्ग अवरुद्ध भएको छ ।राति पानी परे पनि बिहान विना वर्षा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा खसेको पहिरो पन्छाउन प्रहरी परिचालन भएको छ । गएराति पनि मुग्लिन नागढुङ्गा सडकखण्ड अन्तर्गत चितवनको घोप्टेभीरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । राति १ बजे अवरुद्ध सडकलाई साढे २ बजे पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस