• २०८१ असार ३ गते आइतवार

सर्वोच्चमा आज फुलकोर्ट बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ६, काठमाडौं । फागुन ६ गते । सर्वोच्च अदालतको फुलकोर्ट बैठक आज बस्दै छ । शुक्रबार दिउँसो फुलकोर्ट बैठक बस्न लागेको सर्वोच्च आलतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बस्ने फुलकोर्ट बैठक नियमित बैठक हो । यसअघि बुधबार नियमित फुलकोर्ट बैठक बस्दै आएकोमा अब शुक्रबार फुलकोर्ट बैठक बस्ने सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

आज बस्ने फुलकोर्ट बैठकमा न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेद कार्यन्वय गर्ने सम्बन्धमा छलफल हुने उहाँले बताउनुभयो ।

गत आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोग लागेपछि सर्वोच्चमा वरिष्ठम् न्यायाधीशका हैसियतले दीपककुमार कार्की कामु प्रधानन्यायाधिश बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस