• २०८१ असोज २९ गते मङ्गलवार

गुजरात विस्फोटमा अदालतको फैसला , ३८ दोषीलाई फाँसीको सजाय, ११ जनालाई जन्मकैद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, नयाँदिल्ली । सन् २००८ को अहमदाबादमा भएको श्रृंखलाबद्ध बम विस्फोटका ४९ जनामध्ये ३८ जना दोषीलाई फाँसीको सजाय सुनाइएको छ । गुजरात भएको उक्त बम विस्फोटका घटनामा ५६ जनाको मृत्यु भएको थियो ।

उक्त घटनामा ८० जनाको बयान लिइएको थियो । भारतले उक्त बम विस्फोटको घटनालाई आतंकवादीको घटनाको रुपमा बताउने गरेको छ । विशेष अदालतका न्यायाधीश एआर पटेलले घटनाका अन्य ११ जना दोषीलाई जन्मकैदको सजाय सुनाएका छन् । फेव्रुअरी ८ मा गुजरातको एक अदालतले ४९ जना अभियुक्तलाई दोषी ठहर गरेको थियो भने अन्य २८ जनालाई निर्दोष ठहर गरेको थियो ।

१३ वर्ष पुरानो उक्त मुद्दामा अदालतले गत वर्षको सेप्टेम्बरमा सुनवाइ समेत गरेको थियो । ७० मिनेटभित्र भएका २१ वटा श्रृंखलाबद्ध बम विस्फोटका उक्त घटनामा २०० जना घाइते भएका थिए ।

उक्त घटनामा इन्डियन मुजाहिद्दिनको हात रहेको प्रहरीले बताउने गरेको छ । इन्यियन मुजाहिद्दिनका आतंकवादीले सन् २००२ पछिको गोधरा दंगाको बदला लिन उक्त विस्फोट गराएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस