• २०८० फाल्गुन १२ गते शनिवार

नेप्से १० अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक आज १० अंकले घटेको हो । नेप्से परिसूचक ०.३७ प्रतितशले घटेर २ हजार ९ सय ३६ दशमलव ६६ अंकमा झरेको छ ।

आज बजार खुलाभएसँगै झिनो अंकले बढेको बजार दिनभरको उतारचढाव पछि अन्तिममा घटेर बन्द भएको हो । दिनभर १ करोड ६० लाख कित्ता भन्दा धेरै शेयर कारोबार हुँदा कारोबार रकम ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ नाघेको छ ।

सबैभन्दा बढी शेयर मूल्य बढ्नेमा सामलिङ पावर कम्पनी देखिएको छ । यसको ९.४९ प्रतिशतले बढेर शेयर मूल्यमा ६४९ दशमलव ३० रुपैयाँमा पुगेको छ । यसैगरी मध्यभोटेकोशी हाइड्रोपावर, बुद्धभूमी हाइड्रोपावर, प्रभु बैंक, बरुण हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य राम्रो बढेको छ ।

प्रतिक्रिया दिनुहोस