• २०८० चैत्र १६ गते शुक्रवार

सुकुम्बासीको प्रश्न- उठिवासको त्रास कहिलेसम्म ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १, काठमाडौं । संयुक्त सुकुम्बासी मोर्चाले वर्षाैंदेखि आफूहरु बस्दै आएको जमिनको लालपूर्जा दिन सरकारसँग माग गरेका छन् ।गत शुक्रबार अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासी आन्दोलित भएका छन् ।

बिहीबार काठमाडौंमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गरेका मोर्चाका पदाधिकारीले उठिवासको त्रासमा सुकुम्बासी कहिलेसम्म बस्नुपर्ने भन्दै प्रश्न गरेका छन् । जहाँको नागरिकता हो त्यहीँ जान सरकारले भनेको भन्दै उनीहरुले काठमाडौंमा कहाँको नागरिकता भएकाले मात्र बस्न पाउने भन्दै प्रश्न गरेका छन् ।

आफूहरु वर्षाैंदेखि बस्दै आएको जमिनबाट हटाउने होइन लालपूर्जा दिनुपर्ने मोर्चाका उपाध्यक्ष राजकुमार पाण्डेले बताए ।

प्रदर्शनमा सहभागीहरुले ‘उठिवासको त्रास कहिलेसम्म, हामीले अधिकारी खोजेको, हामीहरु विकास विरोधी होइन’ जस्ता प्लेकार्ड बोकेका थिए ।

 

प्रतिक्रिया दिनुहोस