• २०८१ मङ्सिर २३ गते आइतवार

भोजपुर बम विस्फोट घटनाको जिम्मा लियो विप्लवले

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३०, भोजपुर। भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभा नजिकै भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ । बुधबार भोजपुरको पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभा भइरहेको स्थल नजिकै बम विस्फोट भएको थियो ।

 

बम विस्फोटमा अरूण गाउँपालिका ४ चरम्बीका सुमन श्रेष्ठ घाइते भएका थिए । उनी विप्लवकै कार्यकर्ता भएको प्रहरीले जनाएको छ । उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

चुनाव वहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको र घटनाको जिम्मेवारी लिएको विप्लव नेकपाका एक नेताले बताएका छन् । बायाँ खुट्टामा सामान्य चोट लागेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस