• २०८१ फाल्गुन ७ गते बुधवार

आज पनि सुन पाँच सय रुपैयाँले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, १ भदौ नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९६ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा बुधबार प्रतितोला पाँच सय रुपैयाँले घटेर ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

मंगलबार ९६ हजार दुई सय रुपैयाँ निर्धारण रहेको तेजावी सुनको मूल्य आज तोलाको ९५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।
बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस