वैशाख ४, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक/दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् ।
बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन मातहतका कार्यसमितिलाई निर्देशन दिएका छन् ।
उनले भने, ‘अबको एक/दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो । एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’