• २०८१ असोज २० गते आइतवार

कांग्रेस विवादित क्षेत्रको अधिवेशन ८ फागुनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, महोत्तरी। नेपाली कांग्रेस महोत्तरीको विवादित वडा र क्षेत्रको अधिवेशन ८ फागुनमा हुने भएको छ । विवादका कारण स्थगित भएको मनरासिस्वा नगरपालिका-८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन ८ फागुनमा निर्वाचन प्रक्रियावाट टुंगो लगाउने तय भएको हो ।

निर्वाचन कहाँ गराउने भन्ने विषय विवाद बढेपछि क्षेत्र नम्बर ३ को अधिवेशन पटक(पटक बिथोलिँदै आएको थियो । एक पक्षको पिपरामा गराउनुपर्ने अर्को पक्षको जलेश्वर गराउनुपर्ने अडानको कारण अधिवेशन स्थगित बन्दै आएको थियो ।अब भने पिपरा गाउँपालिकास्थित रामनारायण विद्यालयको प्राङ्गणमा निर्वाचन गर्ने दुवै पक्षबी सहमति भएको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस