फागुन ५, पाल्पा । पाल्पाको रामपुर नगरपालिका–४ स्लामपुरमा गएराती मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा पछाडि सवार व्यक्तिको मृत्यु भएको छ । चालक भने घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ४२ बर्षीय प्रेम बहादुर सार्कीको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका चालक पाल्पा–५ बेझाडका ३५ बर्षीय जिवन श्रेष्ठलाई उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । बुधबार राति ९ बजे प्रदेश ३ –०२–००८ प २९८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।