• २०८१ बैशाख ७ गते शुक्रवार

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका-१ बुम्रे का ५२ बर्षीय दानु शेर्पाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ बर्षीय वाङदी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

वाङदीले आइतबार राति दाउराले टाउकोमा प्रहार गरी दानुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले वाङदीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस