पुस ३,खोटाङ ।आफ्नै विद्यार्थीलाई जबरजस्ती गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । रावावेसी गाउँपालिका-२ खार्पास्थित भाषा आधारभूत विद्यालयका शिक्षक ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।
आफूमाथि पटक पटक करणी भएको भन्दै पीडित किशोरी र उनका अभिभावकले उजुरी दिएपछि पक्राउ गरी आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।
पोखरेललाई उदयपुरमा पुस ३० गते पक्राउ गरिएको डिएसपी लम्सालले बताए । उनका अनुसार जाहेरीपछि इलाका प्रहरी कार्यालय उदयपुरस्थित रामपुर, ठोक्सिलाले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।
डिएसपी लम्सालका अनुसार किशोरीलाई भदौ ९ गते, असोज ६ गते र मङ्सिर १३ गते करणी गरेको पीडितले जाहेरी दिएकी छन् ।