• २०८१ साउन १ गते मङ्गलवार

१५ हजार मतपत्र सहित भारतीय नागरिक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३०, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारतबाट मतपत्र नेपाल ल्याउँदै गर्दा भारतको पश्चिम चम्पारनका ४० वर्षका ईजाजत अहमदलाई  प्रहरीले पक्राउ गरेका हाे ।

पर्साको जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडकखण्डमा बिओपी भिखमपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

मोटरसाइकल र मतपत्र नियन्त्रणमा लिइ उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस