• २०८१ असोज १ गते मङ्गलवार

१० जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ कात्यानीचोकबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । कात्यानीचोकमा डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका–५ घर भएकी इन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ९ सय ९० रूपैयाँ र १८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस