• २०७९ असोज ९ गते आइतवार

देशभर थपिए ८४८ कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, काठमाडौं । नेपालमा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२२ पीसीआर परीक्षणमा ३९९ र २ हजार ८९७ एन्टीजेन परीक्षणमा ४४९ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा ५ हजार ६१९ नमुना परीक्षण भएको थियो । २४ घण्टामा निको हुनेको संख्या ५२६ रहेको छ भने १ जनाले ज्यान गुमाएका छन् । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ । २४ घण्टामा ९० हजार ४४७ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस