• २०७९ असोज ९ गते आइतवार

मालिकाले पनि मनायो २३ औं युवा दिवस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

खड्क सुनार

साउन ३१, मुगु विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस’ देश भर झै मुगुमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ। अन्तरपूस्ता एकता ः सबै उमेरका लागि विश्व सिर्जना भन्ने मुल नाराका साथ वहिवार मुगुमा पनि मनाएको हो।

युवा दिवसको अवसरमा जिल्लामा रहेको एक गैरसरकारी संस्थाले गाउ सरसफाई लगायत अन्य विभित क्रियाकलापको आयोजना गरि २३औं अन्तराष्ट्यि युवा दिवस मनाएको हो।

16-18=एज. बि एम.जेड, जर्मनको आथिुक सहयोग हरन्डेक नेपाल कालिकोटको कार्यान्वयन, मालिका सामुदायिक विकास केन्द मुगुको सहजीकरणमा संचालित हिमाली गािमिइा क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजना अन्तर्गत सोरु गाउपालिका वडा नं १, २, मा दिवस मनाई सरसफाई गर्नुका साथै अन्य क्ष्क्रयाकलाप गरि मनाईएको मालिका सामुदायिक विकास केन्द मुगुका जिल्ला संयोजक निरु शाहीले बताईन। उनका अनुसारसरफाई सँगै युवाको हक अधिकार सम्बन्धिको प्रशिक्षण पनि प्रदान गरिएको शाहीको भनाई छ। युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसकारूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन्। नेपालमा भने युवासँग काम गर्ने संस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो। सरकारीरूपमा परिषद्को अगुवाइमा वि सं २०७३ देखि मनाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस