• २०८० मङ्सिर १२ गते मङ्गलवार

गोठ भत्किँदा एक बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३२, दाङ । दाङको घोराहीमा गोठ भत्किँदा शनिबार एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

गोठ भत्किएर चोट लागेपछि गम्भीर घाइते बालिकाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस