• २०८१ जेष्ठ ३१ गते बिहिवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २, काठमाडौं । काठमाडौं महानगरपालिका-१३ टंकेश्वरस्थित सडकबाट ९ सय पिस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१२ टेकु बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भएका २० वर्षीय अनिश थापा मगर र भारत उत्तर प्रदेश महाराजगञ्‍ज वरमाभोजका १९ वर्षीय अजय गौतम रहेका छन् । लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल छेउबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित धनकुटा पाख्रिबास नगरपालिका(३ बस्ने ३३ वर्षीय बिनोद घिमिरेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस