• २०७९ मङ्सिर १७ गते शनिवार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (मूल्य सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । ईण्डियन आयल कर्पोरेशनले फागुन ४ मा पठाएकाे मुल्य अनुसार प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढेको निगमले जनाएको छ ।

निगमका अनुसार कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसेकाले ईण्डियन आयल कर्पोरेशन बुधबार नयाँ मूल्य पठाएको जनाएको छ । नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब दुइ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको भनाइ छ ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा आयल निगमले करीब २४ अर्व नोक्सानी बेहोरी सकेको निगमले जनाएको छ । प्रति महिना निगमले ४ अर्व भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमको भनाई छ ।

प्रतिक्रिया दिनुहोस