• २०८२ बैशाख ९ गते मङ्गलवार

नेपाली नक्कली नोट सहित चार पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । प्रहरीले काठमाण्डौ महानगरपालिका वडा नं.१६ नयाँ बजार मेडिकल चोक एरियाबाट नेपाली नक्कली नोट सहित चार जना पक्राउ परेका छन । प्रहरीले केहि ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरिय प्रहरी महाशाखाबाट खटि गएको बिषेश प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले रौतहट गौर न.पा.१२ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने बर्ष २८ को पृथ्वी प्रसाद साह, रौतहट राजपुर न.पा.३ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने बर्ष २७ को मोहम्मद मुसरफ अली, रौतहट राजपुर न.पा.६ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने बर्ष ३० को असरफ अली सहिद र रौतहट गौर न.पा.९ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने बर्ष २८ को महमद शम्साद आलमलाई पक्राउ गरेको हो । उनिहरुलाई उक्त स्थानबाट हजार दरका २९४(दुई सय चौरानब्बे) थानको २,९४,०००।–(दुई लाख चौरानब्बे हजार) नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस