• २०८१ असोज २० गते आइतवार

‘वेल कम एमसीसी’ भन्दै प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौँ । अमेरिकी सहायता निकाय मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ। स्वतन्त्र नागरिक समाजले बुधबार अनामनगरमा मोटरसाइकलसहित एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन्।

“वेल कम एमसीसी”लेखिएको ब्यानरसहित मोटरसाइकल र्‍याली निकालेर एमसीसीको पक्षमा प्रदर्शन गरेको हो। “विकासलाई राजनितीसँग नजोडौं, स्वतन्त्र नागरिक एक हौं” लगायतका नारा सहितकाे प्लेकार्ड सहित प्रर्दशनकारीले प्रर्दशन गरेका थिए  ।

एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस